१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

होटल बाहेकका सबै परिसचूक ओरालो

२८ असोज, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.४२ बिन्दुले घटेर एक हजार ५६१.१७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.६६ ले घटेर ३०९.७५ मा पुगेको छ ।

कूल १९५ कम्पनीको ५२ लाख ९१ हजार ३१४ कित्ता शेयर रु एक अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९९२ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये होटल उपसमूहको मात्रै शेयर उकालो लागेको छ । होटल उपसमूह २.३८ ले उकालो लाग्दा बैंकिङ ३.५९, व्यापार ३.७३, विकास बैंक ४१.९१, जलविद्युत् १६, वित्त १०.९, जीवन बीमा २२.०८, उत्पादन २२.३३, अन्य ५.९, लघुवित्त ५.३२, जीवन बीमा ३३.५१ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु सात करोड २५ लाख ४३ हजार ८८४ बराबरको कारोबार भएको छ । यस्तै, नेपाल बैंक लिमिटेड रु छ करोड नौ लाख ९८ हजार ३७८, नेपाल पुनरबीमा कम्पनी रु पाँच करोड ३१ लाख ८१ हजार ८५४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु चार करोड ९४ लाख ७४ हजार ५१६, अरुण काबेली पावर रु चार करोड ३६ लाख ६२ हजार ४२५, ज्योति विकास बैंक रु तीन करोड ७१ लाख ३३ हजार २२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा जनरल इन्स्योरेन्स कम्पनी ९.८४, नेपाल फाइनान्स लिमिटेड ९.७५, नेपाल हाइड्रो डेभलपर ५.२२, गणपति माइक्रोफाइनान्स २.५८७, नबिल समृद्धि फण्ड २.०६, बोटलर्स नेपाल तराईका लगानीकर्ताले २ प्रतिशतले कमाए । त्यस्तै घलेम्दी हाइड्रोपावर ७.२६, अपि पावर कम्पनी ५.९१, बरुण हाइड्रोपावर ५.९१, छ्याङदी हाइड्रोपावर ५.७०, रिडी हाइड्रोपावर ५.५६ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.३३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : October 14, 2020 at 6:47 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/