नेप्सेमा जनरल इन्स्योरेन्सको कारोबार, शेयर किन्नेको भिडसँगै मूल्यमा बृद्धि
२८ असाेज, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ । बुधबार स्पेशल प्रि ओपन सेसनमा जनरल इन्स्योरेन्सको पहिलो कारोबार भएको छ। इन्स्योरेन्सको शेयर असोज २६ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो।

बुधबारको सो सेसनमा इन्स्योरेन्सको ३१७ रुपैयाँमा पहिलो कारोबार भएको हो। असोज २७ गतेदेखि कारोबार गर्न सकिने भएपनि सो दिनको स्पेशल प्रि ओपन सेसनमा इन्स्योरेन्सको कारोबार नभएपछि पहिलो कारोबार आज सरेको हो। स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार नभइ नियमित सेसनमा कारोबार गर्न नमिल्ने व्यवस्था रहेको छ।
प्रकाशित मिति : October 14, 2020 at 11:50 am









