५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पैसा नभएको चेक दिने बर्दियाको गेरुवा गाउँपालिकाका कार्यकारी अधिकृत भीम खत्री पक्राउ

२५ जेठ, काठमाडौँ । बर्दियाको गेरुवा गाउँपालिकाका कार्यकारी अधिकृत भीम खत्री बैंकिङ कसुरको मुद्दामा पक्राउ परेका छन । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको पत्रका आधारमा बर्दिया प्रहरीले उनलाई पक्राउ गरेको हो ।

खत्रीलाई बर्दिया प्रहरीले पक्राउ गरी महाराजगञ्ज प्रहरीमा बुझाएको छ । खातामा पैसा नभएको चेक दिएर ठगी गरेको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । १० लाख रुपैयाँभन्दा धेरै रकमको चेक दिएर उनले ठगी गरेको उजुरी परेको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार १४:१४