५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

व्यवसायी पक्राउ जारी राखे निर्माण कार्य रोक्ने नेपाली कांग्रेसका ठेकेदारहरुको चेतावनी

२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका ठेकेदारहरुले व्यवसायी पक्राउ जारी राखे निर्माण कार्य रोक्ने चेतावनी दिएको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघले निर्माण व्यवसायीहरु पक्राउ गर्ने र बयान लिने गरेको भन्दै आपत्ति जनाएको छ ।

उसले पक्राउ गर्ने काम जारी राखे निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ । शुक्रबार विज्ञप्ति मार्फत सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ अनुसारमात्रै कारबाही गर्न मिल्ने भन्दै संघले सरकारले अहिलेको कामले व्यवसायीलाई त्रसित र आतंकित बनाएको बताएको छ । संघका अध्यक्ष हुमनाथ कोइरालाले जारी गरेको प्रेस विज्ञप्ति यस्तो रहेको छ ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार १२:५०