५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

भारतमा बेच्न लैजाँदै गरेका १८ बालबालिकाको कञ्चनपुरबाट उद्धार

२५ जेठ, कञ्चनपुर । नेपाल प्रहरीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा भारतमा बेच्न लिगदै गरेकाे छ नाबालिका र १२ बालकसहित १८ बालबालिकाको पश्चिमी नाका गड्डाचौकीबाट हिजो उद्धार गरेको छ ।

इप्रका गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले भारत लैजाँदै गरेका बालबालिकासहित उक्त कार्यमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको बताउनुभयो । उद्धार गरिएका बालबालिका अछामको ढकारी गाउँपालिका–७ का रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बालबालिकालाई फकाएर भारततर्फ लगिरहेका ढकारी गाउँपालिकाकै ५३ वर्षीय रामबहादुर बुढा र ४८ वर्षीय रतन विकलाई नियन्त्रणमा लिइएको छ । उहाँले बालबालिकालाई माइती नेपाल कञ्चनपुरको आश्रयमा राखिने बताउनुभयो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार ०७:५७