५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला जलायो

२४ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दाहन गरेको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध आन्दोलित संघले बिहीबार पाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

जनतालाई मारमा पार्ने गरी गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गराउन दबाबस्वरुप प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्नु परेको संघका पाटन संयुक्त क्याम्पस इकाई समितिका नेता तारा शर्माले बताए । उनले मूल्यवृद्धि फिर्ता नभए अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन ।

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहीबार २०:३८