१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण, सम्पर्कमा रहेकालाई सतर्क रहन अनुरोध

२४ असोज, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री भट्टराई स्वयंले कोरोना संक्रमण भएको पुष्टि गरेका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत भट्टराईले आफूमा कोरोना संक्रमण भएको जानकारी दिएका छन ।

भट्टराईले कोरोना पोजेटिभ भएसँगै सामाजिक सञ्जाल मार्फत सम्पर्कमा आएका सबैलाइ सचेत रहन अनुरोध गरेका छन।भट्टराई कोरोना पोजेटिभ हुने मन्त्रिपरिषद्को पहिलो सदस्य भएका छन ।

भट्टराईको प्रतिक्रिया यस्तो छ ।

गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भरखरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् । केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?

प्रकाशित मिति : 19:09