१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

घरबेटीले बिगारेको बाटो हुँदै ट्राउट माछा खान नुवाकोटको ककनी पुगे प्रचण्ड

२३ असोज, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड घुमिरहन रमाउने नेतामा पर्छन । यस्तै घुमाइको शिलशिलामा प्रचण्ड शुक्रबार घरबेटीको गृहजिल्ला नुवाकोटको ककनी पुगे । नेकपाका सांसद हितबहादुर तामाङसहित प्रचण्ड ककनी पुगेका हुन । ककनी गाउँपालिकामा रहेको फल एण्ड ट्राउट रिसोर्टमा पुगेर प्रचण्डले शुक्रबार माछा खाँदै केही समय प्राकृतिक वातावरणको मजा लिए ।

घरेबेटी समेत रहेका विवादित ठेकेदार शारदाप्रसाद अधिकारीले वर्षाैदेखि भत्काएर छाडेको सडकको यात्रा गर्दै प्रचण्ड नुवाकोट पुगेका हुन । उनले शारदा अधिकारीले बाटो निर्माणको नाममा कस्तो हालतमा पुर्याएका रहेछन भन्ने शुक्रबार प्रत्यक्ष भोग्नुभयो नेकपा ककनी गाउँकमिटीका एक नेताले दैनिकीलाइ जानकारी दिए  । तस्बीरः सांसद तामाङको फेसबुक पेज

प्रकाशित मिति : 20:19