६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

तीन वर्षीया बालिकालार्इ बलात्कार गर्ने सुरेन्द्र चौधरी पक्राउ

२४ जेठ,भक्तपुर । गत तिहारमा देउसीभैलो खेल्न जाऔँँ भन्दै फकाएर निर्माणाधीन एकतला घरमाथि लगेर तीन वर्षीयालाई बलात्कार गरी फरार रहेका भनिएका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।

गत कात्तिक ३ गते भएको घटनाका अभियुक्त उदयपुर चौदण्डीगढी नपा–५ स्थायी घर भई हाल भक्तपुर–१ सल्लाघारी बस्ने २८ वर्षीय सुरेन्द्र चौधरीलाई पक्राउ गरिएकोे महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

चाँगुनारायण नगरपालिका–६ का आशिष भँडेललाई खुकुरी प्रहार गरी सख्त घाइते बनाई फरार रहेका काभ्रेपलाञ्चोक चौंरी देउराली गाउँपालिका–६ का विमल लामालाई प्रहरीले पाँच वर्षपछि आज पक्राउ गरेको छ ।

विसं २०७० जेठ ९ गते भक्तपुर नगरपालिका–४ डेकोचा चोकमा भँडेललाई खुकुरी प्रहार गरेका अभियुक्त लामालाई प्रहरीले भक्तपुर दरबार स्क्वायरबाट पक्राउ गरेको हो ।

 

 

प्रकाशित मिति : 18:16