गुण्डा नाइके राधे धादिङबाट पक्राउ, छुटाउनका लागि तरूण दलले आन्दोलन गर्ला ?
२३ असोज, धादिङ । तरूण दलका जिल्ला उपाध्यक्ष समेत रहेका गुण्डा नाइके राधाकृष्ण भण्डारी राधे पक्राउ परेका छन । जनप्रतिनिधिलाइ धक्क्याएको अभियोगमा भण्डारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएक छ ।
बालुवाखानी सञ्चालन गरिरहेका भण्डारीले जनप्रतिनिधिले म्याद सकिएको बताउँदा उनले उल्टै धम्की दिएको धादिङका प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो । भण्डारीले बालुवा खानीको विषयलाइ लिएर सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई पक्राउ गरेको हो ।

राधे यसअघि गत २३ जेठमा धादिङबाटै हतियारसहित पक्राउ परेका थिए । उनी पटक पटक पक्राउ पर्ने र कांग्रेस नेताहरूले छुटाउने गरेका छन । स्वर्गीय दिनेश अधिकारी चरीलाइ गोली हानेर चर्चामा आएका उनलाइ छुटाउनका लागि तरूण दलले राजनीतिक लबिङ सुरू गरिसकेको छ । एक वर्षअघि राधे पक्राउ पर्दा तरूण दलका अध्यक्ष जितजंग बस्नेतले आन्दोलनको धम्की समेत दिएका थिए ।
बिहीबार धादिङबेशीबाट पक्राउ परेका राधेविरूद्ध प्रहरीले शुक्रबार मुद्दा दर्ता हुँदैछ । सार्वजनिक शान्ति भंग गरेको आरोपमा उनीमाथि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले बताउनुभएको छ ।
प्रकाशित मिति : October 9, 2020 at 11:58 am



