१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

सिप्रदी ट्रेडिङले धादिङको जुँगेखोलामा पनि सञ्चालनमा ल्यायो सर्भिस सेन्टर

२३ असोज, काठमाडाैँ । सिप्रदी ट्रेडिङ प्रालीले धादिङको थाक्रे गाउँपालिकाको जुँगेखोलामा पनि सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । टाटाका सम्पूर्ण व्यावसायिक गाडीहरुको सर्भिस तथा मर्मतको लागि सर्भिस सेन्टर सञ्चालनमा ल्याएको सप्रदीले जनाएको छ ।

सिप्रदीका कस्टुमर केयर कमर्सियल भेइकलका प्रमुख साम्देन लामाका अनुसार ग्राहकको मागअनुसार जुँगेखोलामा सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको हो । सर्भिस सेन्टरले राजमार्गमा टाटाको गाडी चलाउने ग्राहकलाई सहजता प्रदान गर्नेछ । सिप्रदीले  राजमार्गमा आउन सक्ने अप्रत्याशित परिस्थितिमा आकस्मिक मर्मत सेवा प्रदान गर्न रोड साइड एसिस्टेन्सकाे मोबाइल वर्कशपबाट सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रकाशित मिति : October 9, 2020 at 8:28 am