२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

राप्रपा सुर्खेतको समायोजन

२२ असोज, कर्णाली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकतापछि सुर्खेतमा जिल्ला कमिटीको समायोजन सम्पन्न भएको छ । बुधबार समायोजनपछि मानबहादुर खड्काको अध्यक्षतामा १२० सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो ।

पार्टीका केन्द्रीय सदस्य एवं पूर्वजिविस सभापति वसन्त थापाको अध्यक्षतामा वीरेन्द्रनगरमा आयोजित भेलाले सहअध्यक्ष कर्णबहादुर रेगामी, उपाध्यक्ष ईश्वर श्रेष्ठ, गङ्गाराम देउवा, राधिका थापा, अमृत राना, टोपबहादुर वली, छत्रपती थापा, अम्मरबहादुर कार्की, मानबहादुर सिंजाली, श्याम पुरी र धर्मराज विसीलाई चयन गरेको छ ।

त्यस्तै सचिव जनकसिंह ठकुरी र रुद्रबहादुर चन्द, सहसचिव कमलदेव जिसी, चाँदनी वली, कोषाध्यक्ष पार्वती गौतम र मातृका भुसाल, प्रवक्ता सूर्यबहादुर शाही र शिवराज जैसी तथा सञ्चार प्रतिनिधिमा हेमन्त थापालाई चयन गरिएको जनाइएको छ ।

पार्टी अध्यक्ष खड्काले साविकका दुवै पार्टीका कमिटीलाई जिल्ला कार्य समितिमा समायोजन गरिएको बताउनुभयो । कोभिड– १९ को महामारीका कारण स्वास्थ्य सुरक्षा सावधानी अपनाएर निर्वाचन क्षेत्र, गाउँ, नगर र वडा कमिटीलाई समायोजन गरिने उहाँको भनाइ छ ।

प्रकाशित मिति : October 8, 2020 at 1:02 pm