बामदेवको मुद्धामा सुनुवाई स्थगित
२१ असोज, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमाथिको सर्वोच्च अदालतमा बुधबार सुनुवाई तोकिएको सुनुवाई स्थगित भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशलाई कोरोना संक्रमण भएपछि अन्य १६ जना न्यायाधीश होम आइसोलेसनमा बसेका कारण सुनुवाई स्थगित भएको हाे ।
गएको शुक्रबार वामदेव पक्षका वकिलहरु धेरै भएका कारण सुनुवाई नसकिँदा मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । बुधबार सुनुवाई हुने भनिए पनि आज जम्मा दुई वटा इजलास तोकिएको छ । न्यायाधीश हरि प्रसाद फुयाँलको एउटा र अर्को न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र वमबहादुर श्रेष्ठको इजलासमात्र तोकिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमको नियुक्ति बदर गर्न माग गर्दै अशोज ५ गते रिट दायर गरेका थिए । रिटको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासले गौतमलाई ‘थप संवैधानिक नियुक्ति नदिन’ र संवैधानिक इजलासमा थप सुनुवाइ गर्न आदेश दिएको थियो ।
प्रकाशित मिति : 13:46









