१४ फाल्गुन २०८२, बिहीबार | Thu Feb 26 2026

बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२१ असाेज, काठमाडाैँ । बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकात्मक तस्बिर ।

यसैगरी चाँदीको मूल्य बुधबार ओरालो लागेको छ । बुधबार चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार १७५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार १२:०१