१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

परस्त्रीको ओछ्यानमा पुगेका कांग्रेस नेता राई पक्राउ, घटना सामसुम पार्ने प्रयास विफल

२० असोज, ओखलढुङ्गा । रक्सीले मातेर परस्त्रीको ओछ्यानमा पुगेका एक जना नेपाली कांग्रेस नेता पक्राउ परेका छन । मध्यरातमा रक्सीले मातेर एक महिलाको घरमा ओछ्यानमै पुगेर दूर्व्यवहार गर्ने काममा संलग्न भएको भन्दै प्रहरीले मंगलबार नेपाली कांग्रेसका युवा नेता समेत रहेका मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राईलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार वडाअध्यक्ष राईले स्थानीय महिलाको घरमा गएर बलात्कारको प्रायस गरेका थिए ।  बलात्कारको प्रयास गरेपछि पीडित महिलाले प्रहरीकोमा पुगेर लिखित रूपमै उजुरी दिएकी थिइन । मादकपदार्थ सेवन गरेर आफूलाई घरैमा आएर यौन दुव्र्यवहार गरेको भन्दै महिलाले दिएको लिखित उजूरीका आधारमा वडाध्यक्ष राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रुपेश खड्काले पुष्टि गरे ।

“करणीको जाहेरी आएपछि हामीले वडाध्यक्ष राईलाई नियन्त्रणमा लिएका छौँ”, उनले भने, “अदालतमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी भइरहेको छ ।” घटना अनुसन्धानमै रहेकाले थप बिबरण विस्तारै अाउने उनले बताए ।

अध्यक्ष राईले चार दिन अघि मादक पदार्थ सेवन गरेर महिलाकै घरैमा गई बलात्कारको प्रयास गरेको गरेको पीडित महिलाले बताएकी छिन । कांग्रेसले सम्पूर्ण शक्ति लगाएर घटना स्थानीयस्तरमा मिलाउने प्रयास गरेको भए पनि पनि पीडित महिला प्रहरीमा पुगेपछि वडाध्यक्ष राइ पक्राउ परेका हुन् । पीडित महिला नै प्रहरीको लिखित उजुरीसहित पुगेपछि राइ माथि कारबाही चलाउन प्रहरी बाध्य भएको छ ।

 

प्रकाशित मिति : 21:35