प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पास
२० असाेज, काठमाडाैँ । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र कायम भएको छ। देश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ ।
प्रदेशसभामा भएको मतदान बैठकमा उपस्थित ८२ मध्ये राजधानी दाङ कायम गर्ने पक्षमा ६९ मत खसेको थियो। विपक्षमा १३ मत परेको छ। यससँगै दाङको राप्ती र गढवा गाउँपालिकाको क्षेत्रलाई प्रदेश ५ को राजधानी कायम गरिएको छ।

प्रदेश राजधानी दाङ कि बुटवल भन्नेमा तीव्र विवाद रहेको थियो भने विवादकै कारण सोमबारको बैठकमा काँग्रेस सांसदहरुले कुर्सी तोडफोड समेत गरेका थिए ।
प्रकाशित मिति : 16:03









