१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

प्रदेश ५ को स्थायी राजधानी र नामकरणमा आज मतदान

२० असोज, बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नामकरणका विषयमा प्रदेशसभामा आज मतदान हुने भएको छ । आज दिउसाे १२ बजे बोलाइएको प्रदेशसभा बैठकमा मतदान गर्ने कार्यसूचि रहेको छ ।

प्रदेश सरकारले शुक्रबार दर्ता गरेको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने प्रस्तावमाथिको छलफल सोमबार सकिएको छ । नेकपाका सांसद देउखुरीका पक्षमा रहेकाले सो प्रस्ताव पारित हुने निश्चित जस्तै छ । कांग्रेसले भने विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

प्रदेशसभा सचिवालयका अनुसार जनता समाजवादी पार्टी, नेपालका तर्फबाट प्रदेशको नाम थारुहट–अवध–मगरात नामाकरण गर्न माग गर्दै संशोधन दर्ता भएको छ । पार्टीका प्रमुख सचेतक सहसराम यादव र सदस्य पुर्मती ढेंगा मगरले संयुक्त संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

प्रदेशसभाका नेकपाका प्रमुख सचेतक एवं कार्य व्यवस्था परामर्श समितिका सदस्य भूमिश्वर ढकालले मंगलबारको बैठकमा संशोधन दर्ता गर्ने संशोधनकर्तालाई सुरुमा बोल्ने मौका दिइने र त्यसलगत्तै प्रस्तावलाई मतदान प्रक्रियामा लैजाने बताउनु भयो ।

प्रकाशित मिति : 10:37