१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

नुवाकोट सूर्यगढीका चार कांग्रेस नेता नेकपा प्रवेश, सांसद मैनालीले गरे स्वागत

१९ असोज, काठमाडाैँ । नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिकाका चार जना कांग्रेस नेताले नेकपा प्रवेश गरेका छन । नेकपा नुवाकोटका नेता एवं बागमती प्रदेशका सांसद बद्री मैनालीको निवासमै पुगेर चार कांग्रेस नेताले पार्टी परित्याग गरी नेकपा प्रवेश गर्ने घोषणा गरेको सांसद मैनालीका स्वकीय सचिव दीपक कार्कीले दैनिकीलाइ जानकारी दिए ।

कांग्रेस परित्याग गरेका नेताहरूलाइ सांसद मैनालीले पार्टी सदस्यतासँगै खादा लगाएर स्वागत गरे । कार्कीका अनुसार सुर्यगढी गा.पा वडा न. ०२ बाेरे निवासी नेपाली कांग्रेसका स्थानीय नेता एंव क्रियाशिल सदस्य थल ब.अधिकारी (बद्री) र सुर्यगढी ०४ बेल्डाँडा निवासी चरीमाया तामाङ् सूर्यगढी गा.पा नुवाकाेट-सुर्यगढी गा.पा वडा न. ०४ हिरामुनीटार निवासी रघुनाथ भट्टराई र वडा न. ०५ निवासी सत्यदेवी भट्टराई (पाैडेल) नेकपा प्रवेश गरेका हुन ।

सो अवसरमा नेकपा सुर्यगढी अध्यक्ष राजेन्द्र रिजाल, नेताहरू राजेन्द्र ढुगांना, नेता ऋषिश्वर भट्टराई लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा सांसद मैनालीले नेकपाले जनताको न्यायका लागि काम गर्ने भन्दै नव प्रवेशीहरूलाइ पार्टीमा उचित जिम्मेवारी दिने बताउनुभयो । उहाँले पार्टीका नेता कार्यकर्ताहरू उत्पादनसँग जोडिनुपर्ने भन्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सपना पूरा गर्न हरेक व्यक्ति आफैँमा जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : 16:55