१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

इसेवा मनि ट्रान्स्फरको ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्वजनिक

१९ असाेज, काठमाडौँ । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान पर्व दशैँ तिहार तथा छठलाई लक्षित गर्दै ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत इसेवा मनि ट्रान्स्फरमार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा सय रुपैयाँ बराबरको रिचार्ज जित्न सकिन्छ ।

इसेवा मनि ट्रान्स्फरका एजेन्ट मार्फत रकम प्राप्त गर्दा सय रुपैयाँ बराबरको रिचार्ज पाइने छ भने सिधै इसेवा खातामा रकम प्राप्त गर्दा इसेवा खातामा सय रुपैयाँ बोनस प्राप्त गर्न सकिनेछ । यो योजना मंसिर ६ गतेसम्म लागु हुनेछ । यो योजना विदेशबाट रेमिट्यान्स् पठाउनेको हकमा मात्र लागु हुनेछ ।


रेमिट्यान्स् क्षेत्रलाई सरल र छिटो बनाउनको लागी अग्रसर रहको इसेवा मनि ट्रान्स्फरले जापान, मलेसिया, बहराइन, युएसएका साथै युरोपियन मलुकबाट रेमिट्यान्स् भित्राउदै आएको छ । हालको विशम परिस्थितिमा डिजिटल माध्यमबाट पठाइने रकम नै सुरक्षित, समयको बचत तथा आर्थिक फाइदा मिल्ने हुनाले नेपालको रेमिट्यान्स् क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स् भित्राउन आफुहरुले काम गरिरहने कम्पनीको भनाई छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार १५:५४