९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

१६ करोड ९७ लाख हकप्रद शेयर बिक्री गर्न अनुमति पायाे नेपाल फाइनान्स लिमिटेडले

१९ असाेज, काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर बिक्री गर्न नेपाल फाइनान्स लिमिटेडले अनुमति पाएको छ । कम्पनीले १ बराबर १.२५ को प्रतिशत अनुपातमा १६ करोड ९७ लाख ५० हजार ६२५ बराबरको १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर बिक्री गर्न असोज १९ गते बोर्डको अनुमति पाएको हो ।


हकप्रद शेयर बिक्रीका लागि नेपाल फाइनान्स लिमिटेड कम्पनीले गत फागुन २९ गते  नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । हकप्रद शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : 15:04