१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

१० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै राष्ट्र बैंक

१९ असाेज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १०  अर्ब बराबरको ‘विकास ऋणपत्र २०८४ घ’ बिक्री गर्ने भएको छ । बैंकले यही असोज २० गते बोलकबोल प्रक्रियाबाट बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई उक्त परिमाणको ऋणपत्र  बिक्री गर्न लागेको हो ।

विकास ऋणपत्र २०८४”घ” नामक ऋणपत्रको असोज २० गते दिउँसो ३ बजे बोलकबोल हुनेछ भने निष्काशन असोज २१ गते हुनेछ । इच्छुक खरिदकर्ताले राष्ट्र बैंकको Online Bidding System Software: https://obss.org.np/pd मार्फत् बोलकबोल पेश गर्न सक्नेछन्।

खरिदकर्ताले घटीमा रु. ५० र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा ऋणपत्र खरीद गर्न सकिने बैंकले जनाएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् रु. ८.५ अर्व र रु. १.५ अर्व छुट्ट्याइएको ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार १२:१६