१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

अखण्ड लुम्विनीको भावना वृहत्तर लुम्विनीमा रुपान्तरणः मुख्यमन्त्री पोखरेल

१९ असोज, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले हिजोको अखण्ड लुम्विनीको भावना वृहत्तर लुम्विनीमा रुपान्तरण हुन लागेको बताउनुभएको छ । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत मुख्यमन्त्री पोखरेलले ६ जिल्लामा सीमित लुम्बिनी आज १२ जिल्लामा विस्तार हुँदै सिंगो प्रदेशवासीको गौरवको विषय बन्दै गरेको उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ ‘हिजोको अखण्ड लुम्विनीको भावना वृहत्तर लुम्विनीमा रुपान्तर हुदैछ । हिजो ६ जिल्लामा सिमित लुम्विनी आज १२ जिल्लामा विस्तारित हुदै सिंगो प्रदेशवासीको गौरवको विषय बन्दैछ ।’ आइतबार मुख्यमन्त्री माथि वुटवलमा ढुंगा प्रहार भएको थियो ।

प्रकाशित मिति : 09:10