१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

दलाल पुँजीबादको मोर्चा र गुण्डागर्दीबाट पार्टी र देशलाई जोगाऔँः सांसद बस्नेत

१९ असोज, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेतले लुम्बिनीलाई आफ्नो बिर्ता ठान्नेहरूको योजनामा मुख्यमन्त्री शंकर पोखरेल माथि आक्रमण गरेको बताउनु भएको छ ।  सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै सांसद बस्नेतले दलाल पुँजीबादको मोर्चा र गुण्डागर्दीबाट पार्टी र देशलाई जोगाऔँ भन्ने अपिल समेत गर्नुभएको छ ।

सांसद बस्नेतको प्रतिक्रिया

शंकर पोखरेलको राजनीतिक क्षमता, अडान, सन्तुलन र कौशल देखेर जलेको र लुम्बिनीलाइ आफ्नो बिर्ता ठान्ने एउटा पङ्तीको प्रत्यक्ष संरक्षण, योजना र सक्रियतामा आज बुटवलमा जसरी ढुंगमुढा प्रहार भयो । यो अत्यन्तै कायरतापूर्ण र पतीत काम हो । यो आपराधिक जत्थाले निहित स्वार्थका लागि जस्तो रुप लिन पनि सक्छ ।

यस्तो बेला धैर्य र सुझबुझसाथ सत्यको साथमा उभिऔ । दलाल पुजीबादको मोर्चा र गुण्डागर्दीबाट पार्टी र देशलाइ जोगाऔ । संघीयता जोगाउने हो भने शक्तिको दम्भ देखाउनेहरुको दबाबमा हैन आवश्यकताका आधारमा राजधानी तोक्ने र विकासका पहल गर्ने आट गर्नुपर्छ । प्रदेशको नाम लुम्बिनी र राजधानी दाङ तोकेर सही निर्णय लिनुभएको छ ।

प्रकाशित मिति : 07:58