१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

जनरल इन्स्योरेन्सको आईपीओ मंगलबार बाँडफाँड हुने

१८ असाेज, काठमाडाैँ । जनरल इन्स्योरेन्सले मंगलबार आईपीओ बाँडफाँड गर्ने तयारी गरेको छ। कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले उक्त तयारी गरेको हो। कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले आज साँझसम्ममा प्रिअलटमेन्ट गरेर मंगलबार भित्र आईपीओ बाँडफाँड गर्ने जनाएको छ।

जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म १ सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। कम्पनीले निष्काशन गरेको जम्मा शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियाे। भने सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए।

जनरल इन्स्योरेन्स कम्पनीको आईपीओमा करिब ८ गुणा बढी आवेदन परेको छ। असोज १४ गते सम्ममा ८ लाख १३ हजार ७२५ आवेदकबाट २ करोड २४ लाख ७७ हजार ३० कित्ताको लागि आवेदन परेको थियो। शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै शेयर पाउनेछन्।

प्रकाशित मिति : १८ आश्विन २०७७, आईतवार १३:१६