१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्ने

१८ असाेज, काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर लिलामीमार्फत ८९ हजार ४५० कित्ता शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक समुहको ११ हजार ६०८ र सर्वसाधारण समुहको ७७ हजार ८४२ कित्ता शेयर बिक्री गर्न लागेको हो । साउन २५ गतेदेखि भदौ २९ गतेसम्म बिक्री खुल्ला गरी माग आवेदन गरिएको साे शेयरमा आवेदन नपरेपछि लघुवित्तले प्रचलित नियममनुसार उक्त शेयरहरु लिलिम बढाबढ गरि बिक्री गर्न लागेको हो ।


सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे हकप्रद शेयर खरिद गर्न इच्छुक कम्पनीका संस्थापक, सर्वसाधारण, कानून बमोजिम योग्य संस्था वा कम्पनीले असोज २५ गतेदेखि कात्तिक २ गते बैंकिङ समयभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । शेयरको न्युनतम मूल्य प्रतिशेयर १ सय तोकिएको छ । त्यसैले सो भन्न्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

लघुवित्तले असोज २५ गतेदेखि संस्थापक समूहको ११ हजार ६०८ कित्ता र सर्वसाधारण समूहको ७७ हजार ८४२ कित्ता गरी कुल ८९ हजार ४५० कित्ता शेयर लिलामी बिक्री गर्न लागेको हो। लिलामी शेयरमा आवेदन दिन चाहनेले कार्तिक २ गतेसम्ममा सेञ्चुरी क्यापिटल तथा सेञ्चुरी बैंकका तोकिएका शाखा कार्यलयबाट आवेदन पेश गर्न सक्नेछन्।

प्रकाशित मिति : १८ आश्विन २०७७, आईतवार ११:०२