१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

राष्ट्रपति भण्डारीद्धारा अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नीको स्वास्थ्यलाभको कामना

१८ असोज, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी डोनाल्ड जे ट्रम्प र उनकी पत्नी मेलानियाको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ट्रम्पलाई एक सन्देश पठाउँदै स्वास्थ्यलाभको कामना गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

ट्रम्प दम्पतीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । भण्डारीले सन्देशमा नेपाल र अमेरिका बीचको वहुआयामिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै कोभिड–१९ लाई नियन्त्रण गर्नका लागि ठोस कदमहरु चाल्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रकाशित मिति : 08:51