५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

हँसियाले घाँटी रेटी श्रीमतीको हत्या गरेकाे आरोपमा सर्वस्वसहित जन्मकैद

 

२४ जेठ, सप्तरी । सप्तरीकाे बोदेबरसाइन नगर पालिका–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियुक्तमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ ।

न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले हत्या आरोपित यादवलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतले बुधबार जनाएको छ । ४० वर्षीया पत्नी ललितादेवी यादवको हत्या गरेको आरोपमा उनलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतबाट बुझिएको छ ।

बोदेबरसाइन नगर पालिका–३ स्थित जोगेन्द्र गोडाहान यादवको खेतमा गत कात्तिक २८ गते धान काट्न गएकी ललिताको हातबाट हँसिया खोसेर घाँटी रेटी जयप्रकाशले पत्नीको हत्या गरेका थिए ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहीबार ११:३६