१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र गगन थापामा कोरोना संक्रमण

१७ असोज, काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र गगन थापामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार केसी र थापामा कोरोना संक्रमण पुष्टि भएको नेविसंघका नेता सुशील भट्टले जानकारी दिए । केसी र थापा दुबै होम आइसोलेसनमा रहेका छन ।

केसी र थापा दुबैमा कुनै गम्भीर स्वास्थ्य समस्या नरहेको पनि भट्टले बताए । केसी र थापा ज्वाइँ ससुरा समेत हुन । शनिबार नै प्रधानमन्त्रीको सचिवालयका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिवसहित पाँच दर्जन बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : 22:22