१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

प्रधानमन्त्रीका प्रमुख स्वकीयसचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण

१७ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीयसचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख स्वकीयसचिव भण्डारीले समाजिक सञ्जाल मार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।

उहाँले समाजिक सञ्जाल मार्फत भन्नुभएको छ, ‘हिजोको PCR परीक्षणले ममा कोरोना-पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

प्रकाशित मिति : 17:52