९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

हल्लाका पछि नलाग्नुस अब लकडाउन हुन्नः मन्त्री ढकाल

१६ साउन, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अब लकडाउन नहुने स्पष्ट पार्नुभएको छ । शुक्रबार मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यवसायिक पहलका प्रतिनिधिसँको भेटमा मन्त्री ढकालले  लकडाउन नहुने भन्दै स्वास्थ्य मापदण्डको पालना सबैले आफ्ना लागि हो भनेर बुझ्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिमण्डलसँगको छलफलमा मन्त्री ढकालले मास्क लगाउने, समाजिक दूरी कायम गर्ने र साबुन पानीले हात धुने वा स्यानिटाइज गर्ने काम समेत राज्यका लागि गर्दिएको जस्तो व्यवहार समेत देखिएको भन्दै सबैले स्वास्थ्यका प्रोटोकलहरू फलो गर्नुपर्ने बतानुभयो ।

राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुशकुमार जोशी र उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले फेरि लकडाउन हुने हल्लाले व्यवसायीहरू तनावमा परेको बतानुभयो । उहाँहरूले स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिनिधिमण्डलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ, उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवं राष्ट्रिय व्यवसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकार, नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष एव राष्ट्रिय व्यवसायिक पहलका कोषाध्यक्ष दिपक मलहोत्रा, रेष्टुरेन्ट तथा वार एशोसिएसन नेपालका अध्यक्ष अरनिको राजभण्डारी एवं होटल एशोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : October 2, 2020 at 3:07 pm