३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

सर्पले टाेकेर वडाध्यक्षको मृत्यु

२४ जेठ,विराटनगर ।  मोरङमा बुधबार राति ११ बजे विषालु सर्पको डसाइबाट एक वडाध्यक्षको मृत्यु भएको छ ।

धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । उहाँ शौचका लागि घरबाट बाहिर निस्केपछि सर्पले डसेको थियो ।

गम्भीर अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा उहाँको मृत्यु भएको हो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहीबार ०९:३१