१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सिभिल बैंकको ८ लाख ६७ हजार कित्ता शेयर लिलामीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

१६ असाेज, काठमाडाैँ । सिभिल बैंकले असोज १६ गतेबाट ८ लाख ६७ हजार ६०४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको यो सेयर बिक्रीमा ल्याएको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

 यसमा न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको यो सेयर बिक्रीमा ल्याएको हो ।


लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौँमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार १२:१९