१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बैंक अफ काठमाण्डूले घोषणा गर्यो लाभांश

१५ असाेज, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेडको लाभांश घोषणा गरिएको छ ।बैंकको असोज १४ गते बुधबार बसेको सञ्‍चालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर सहित) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वर्षिक साधारणसभाले स्वीकृत गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार १३:०८