१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

१५ असाेज, काठमाडौँ  । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकाे छ । बुधबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापवाला सुन आज प्रतितोला २ सयले घटेर ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी पनि प्रतिताेला १५ रुपैयाँले घटेर १ हजार १ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार ११:२८