९ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

असोज २१ गतेदेखि सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने

https://www.muktinathbank.com.np/online/loan-application

१५ असाेज, काठमाडाैँ । असोज २१ गतेदेखि सानिमा जनरल इन्स्योरेन्सले  सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले १ सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। भने बाँकी २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सानिमा जनरल इन्स्योरेन्सकाे आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : October 1, 2020 at 9:54 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/