एनएमबि बैंकले संस्थापक शेयर बिक्री गर्ने
१४ असाेज, काठमाडौँ । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले बैंकका संस्थापक शेयरधनी टंक प्रसाद रेग्मीको नाममा रहेकाे १३३६२ कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो ।
बैंकले एक सूचना प्रकाशन गर्दै संस्थापक शेयर खरिद बिक्री गर्दा बैंकका अन्य संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भएकाले इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।

शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनी सचिवको कार्यालय बबरमहल, काठमाडौँमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : 09:12







