१४ फाल्गुन २०८२, बिहीबार | Thu Feb 26 2026

सूचीकृत संस्थालाई असोज मसान्तसम्म नवीकरण गर्न नेप्सेको निर्देशन

१३ असाेज, काठमाडाैँ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत संगठित संस्थालाई तत्काल बार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले मंगलबार एक सुचना जारी गर्दै २०७७/७८ काे लागि नविकरण शुल्क बुझाउन बाँकी रहेका सूचीकृत कम्पनीहरुलाई असोज मशान्तसम्म नविकरण शुल्क बुझाउन आग्रह गरेको हो।

असोज मसान्तसम्म नवीकरण शुल्क नबुझाए नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरीवाना बुझाउनुपर्ने नेप्सेले जनाएको छ। नविकरण शुल्क बुझाउँदा ५० करोडसम्म चुक्ता पुँजी भएको कम्पनीले बार्षिक ५० हजार रुपैयाँ तीरेर नविकरण गर्नुपर्ने छ । यस्तै ५० करोड भन्दा बढी चुक्ता पुँजी भएका कम्पनीले १ लाख रुपैयाँ बुझाउनु पर्ने छ ।

यता ऋणपत्र र म्यूचुुअल फण्डको नविकरण शुल्क भने कम रहेको छ । ५० करोड सम्म पुँजी भएका ऋणपत्र तथा म्यूचुअल फण्ड जारी गरेका कम्पनीले २५ हजार र ५० करोड माथी हुनेले ५० हजार रुपैयाँ तिर्नुपर्ने छ । नविकरण शुल्क ग्लोबल आईएमई बैंकमा जम्मा गर्न नेप्सेले आग्रह गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार १३:३२