१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

गुराँस लाइफ इन्स्योरेन्सले ५ लाख ९० हजार कित्ता हकप्रद शेयर लिलामी मार्फत बिक्री गर्ने

१२ असाेज, काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज १३ गते मंगलबारबाट हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो।

कम्पनीले निष्काशन तथा बिक्री खुला गरेको कुल हकप्रद शेयरमध्ये, संस्थापक समूहको ३ लाख ३७ हजार ५ सय ६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४ सय ४९ कित्ता शेयरको लागि आवेदन नपरेकाले उक्त शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।


उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले असोज १३ गतेदेखि असोज १९ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताहरुले एनएमबि क्यापिटल, नागपोखरी काठमाडौँ, एनएमबि बैंकका विराटनगर, झापा, विरगंज, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको दाङ शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले एक सुचना जारी गर्दै बताएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार १२:४३