कति छ आज सुनको मूल्य ?
१२ असाेज, काठमाडाैँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोही मूल्यमा कारोबार भएको हो। यस्तै तेजावी सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदी पनि आइतबारकै मूल्य ११५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति : September 28, 2020 at 11:22 am









