१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

युनिलिभर नेपालले घोषणा गर्यो लाभांश

११ असाेज, काठमाडाैँ । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष  २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो लाभांश आगामी साधारण सभाले पारित गरेको ४५ दिनभित्र शेयरधनीहरुलाई बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : September 27, 2020 at 3:45 pm