१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्री गर्दै

११ असाेज, काठमाडौँ । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकको संस्थापक शेयरधनीको नाममा रहेको ८ हजार ८ सय ५८ कित्ता संस्थापक शेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।


बैंकले उक्त शेयर खरिदका लागि बैंकका संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय काठमाडौँमा निवेदन दिन आग्रह गरेको छ । साथै तोकिएको शेयर खरिदको निवेदन प्राप्त नभएको खण्डमा प्रचलित ऐन कानुन अनुसार बिक्रि गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आईतवार १३:३२