५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

चट्याङमा परेर नाबालकसहित दुईको मृत्यु, चार घाइते

२३ जेठ,हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–९ मा गएराति परेको चट्याङका कारण एक नाबालकसहित दुई जनाको मृत्यु भएको छ ।बकैया गाउँपालिका–९ च्याउँच्याउँमा चट्याङले ५५ वर्षकी छलीमाया थिङ र १५ महिनाको देव थिङको मृत्यु भएको हो ।सोही गाउँमा चट्याङमा परी बिमला ब्लोन, निमेष ब्लोन, निश्मा ब्लोन र रञ्जु थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार १८:०४