५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अधिकृत सुरेशप्रसाद दास ५० हजार घुससहित पक्राउ

२३ जेठ, सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेशप्रसाद दास ५० हजार घुससहित पक्राउ परेका छन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

शाखा अधिकृत दास चढेको बा ६ च ११८६ नम्बरको गाडीमा लुकाएर राखेको अवस्थामा ५० हजार रुपैयाँ बरामद गरिएको आयोगको वर्दिवास्थित सम्पर्क कार्यालयले जनाएको छ । दास जिल्ला अदालत सर्लाही नजिकबाट पक्राउ परेका हुन ।

प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार १६:०३