१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

४ अर्बको ऋणपत्र निष्कासन गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक

८ असाेज,काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ७ वर्षकाे अवधिको ऋणपत्र निष्कासनको माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकाे छ ।


बैंकले प्रति इकाई १ हजारका दरले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न चाहेको हो । जसमध्ये युनिटमा १६ लाख कित्ता सर्वसाधारणका लागि र २४ लाख व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ । ८.५% सेभेन इयर्स, नेपाल इन्भेष्टमेन्ट बैंक बोण्ड २०८४’ नाम रहेको ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमीटेड रहनेछ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार ०९:१३