९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

बाममदेव गाैतमको मन्त्री बन्ने प्रयासमा गम्भीर धक्का, मन्त्री नबनाउन सर्वोच्चको अन्तरिम आदेश

७ असाेज, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गाैतमको मन्त्री बन्ने प्रयासमा गम्भीर धक्का लागेको छ । सर्वोच्च अदालतले गौतमलाइ मन्त्री नियुक्त गर्नेलगायत अन्य संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ ।

नेपाली कांग्रेसका नेता समेत रहेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै बुधबार सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले गौतमको सांसद पद भने यथास्थितिमा राख्न आदेश गरेको छ ।

सर्वोच्चको यस आदेशसँगै गौतमले ब सरकारले मन्त्री नियुक्त हुने र अन्य संवैधानिक जिम्मेवारी लिन पाउने छैनन्र । सर्वोच्चले यो रिटको टुंगो संवैधानिक इजलासबाट लगाउनुपर्ने भन्दै असोज १४ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

प्रकाशित मिति : September 23, 2020 at 6:16 pm