१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

आईपीओ निष्काशन गरेकाे समाज लघुवित्त मर्जरमा जाने, तत्काल कारोबार नहुने

६ असाेज, काठमाडाैँ । आईपीओ निष्काशन गरेर सुचिकरणमा जान लागेकाे समाज लघुवित्त मर्जरमा जाने भएको छ । समाज लघुवित्त र स्वस्तिक लघुवित्त संख्था बीच मर्जरमा जाने भएको हो । सर्लाहीको मलंगवामा रहेको समाज लघुवित्त र सिरहाको लहानमा रहेको स्वस्तिक लघुवित्तबीच साेमबार मर्जरमा जाने सम्झौता भएको हाे ।

लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएपनि मर्जर जाने सम्झौता गरेकोले तत्काल दोस्रो बजारमा कारोबार भने हुन पाउनेछैन् । समाज लघुवित्तले सार्वसाधारणका लागि आईपीओ निष्काशन गरिसकेकाे छ भने स्वस्तिकले आईपीओ निष्काशन गरेकाे छैन् । २ लघुवित्त मर्जरमा जाने भएपछि समाजले एफपीओ निष्काशन गर्नेछ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार १७:४६