५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अपाङ्गता भएका बालबालिकाहरुको संरक्षकहरुको पनि संरक्षण हुनु पर्नेमा जोड

–शर्मिला विश्वकर्मा

२२ जेठ, ललितपुर । मष्तिस्क पक्षघात स्वाललम्वन समुह नेपाल धापाखेल ललिपुरको आयोजना तथा केयर वर्लड वाईड, सेलेब्रलपल्सि नेपाल र लोटरी फाउण्डेडको सहयोगमा संरक्षकको लागि संरक्षण दिवसका विषयमा पत्रकार सम्मेलनको आयोजना गरियो । उक्त पत्रकार सम्मेलनमा अपाङ्गता भएका बालबालिकाहरुको संरक्षकहरुको पनि संरक्षण हुनु पर्नेमा जोड दिइएको छ ।

अपाङ्गता भएका बालबालिकाहरुको लागि रात दिन खटिएका संरक्षहरु घर परिवार तथा समाजमा तिरस्कृत र ओझेलमा परेका हुनाले उनीहरुको तनाव दुर गर्नका लागि र मनोसामाजिक रुपमा तन्दुरुस्त रहन सकुन भन्ने उदेश्यले संरक्षकको लागि संरक्षण दिवस मनाउन लागिएको मष्तिस्क पक्षघात स्वाललम्वन समुह नेपाल धापाखेलले सञ्चालन गरेको युक्त कार्यक्रमका अधिकृत लुनी शाक्यले बताउनु भयो ।

त्यसै गरी आयोजक संस्था धापाखेलका कार्यकारी प्रमुख विमललाल श्रेष्ठले सो पत्रकार सम्मेलनमा संरक्षकको लागि संरक्षण दिवसले अपाङ्गता भएका व्यक्तिहरुका संरक्षकहरुको लागि हुने चुनौतीहरुको सामाधानको लागि जनचेतना जाग्ने बताउनु भयो ।

मष्तिस्क पक्षघात अपाङ्गताकी अभिभावक शोभा विष्ट खड्काले विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका संरक्षकहरुको हक हित र अधिकार तथा उनीहरुको मानसिक स्वास्थ्यको लागि सबैले ध्यान दिनु पर्ने बताउनु भयो । सो पत्रकार सम्मेलनमा अपाङ्गता भएका व्यक्तिहरुको संरक्षकको लागि यही जेठ २४ गते काठमाण्डौंको प्रज्ञाभवनमा साँस्कृतिक कार्यक्रम, २५ गते काठमाण्डौंको अल्फा हाउसमा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु र राज्यका निकायहरुको प्रतिनिधिहरु विचमा मतभेद विषयमा कार्यशाला र २६ गते काठमाण्डौंको टुडिखेलबाट सचेतना मूलक ¥यालीको आयोजना गर्ने समाज कल्याण परिषदमा गएर दिवसको विषयमा कार्यक्रम गर्ने कुराको जानकारी गराइएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार २०:३३