९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

सभापति देउवाद्वारा जनसम्पर्क समिति समन्वय विभागलाई पूर्णता

५ असोज, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहनु भएको पार्टीको जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरु मनोनयन गरी विभागलाई आज पूर्णता दिनुभएको छ ।

उहाँले विभागको सदस्यहरुमा विरेन्द्रकुमार माझी, दिलबहादुर गुरुङ्ग, प्रेमध्वज लामा, जानकीलाल बस्नेत, कुलप्रसाद गुरुङ्ग, नरेन्द्र भाट, साम्राज्य बिक्रम पाण्डे, तिलकबहादुर भण्डारी, पेमा निमा शेर्पा, भरत गुरुङ्ग, मनोज मिश्र, सुरज नायक, गिरिराज कुँवर, श्री सापकोटा, लवराज दाहाल, राम श्रेष्ठ, नाचोङ गुरुङ्गलाई मनोनयन गर्नुभएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसैगरी विभागको सदस्यमा विष्णुबहादुर रायमाझी, दिनामणि पाण्डे, कृष्ण सापकोटा, चित्रबहादुर मल्ल, दिलेन्द्र रावल, प्रज्ञान न्यौपाने, भरत अर्याल, जगदीश न्यौपाने, मनोज भण्डारी, बद्री अर्याल, जगदीश पौडेल, नन्दुपुनु नेपाली, सन्तोषप्रसाद रिजाल, शेषकान्त पुरी, जगदीश खाँण, जीवन नेपाल, श्यामप्रसाद उप्रेतीलाई मनोनयन गरिएको छ ।

प्रकाशित मिति : September 21, 2020 at 6:49 pm