१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सजिलो र समिट लघुवित्तले एकीकृत कारोबार मंगलबार देखि गर्ने

५ असाेज, काठमाडौँ । सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेड र समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै कम्पनीको असार २१ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।


सजिलो लघुवित्तले समिट लघुवित्तलाई सो संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफुमा सर्ने गरि गाभेपश्चात मंगलबारदेखि साविकका दुवै संस्थाबाट हुँदै आएको वित्तीय कारोबार “समिट लघुवित्त वित्तीय संस्था लिमिटेड” नामबाट संचालन हुनेछ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार ०८:३४