१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

नेकपा सचिवालय बैठक पेरिसडाँडामा जारी, यस्ता छन छलफलका विषय

४ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक जारी छ । तत्कालीन नेकपा माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बसिरहेको छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अध्यक्षको भूमिकाको अभ्यास गर्न सुरू गरेपछि पहिलो पटक तत्कालीन माओवादीकोको कार्यालय पेरिसडाँडामा सचिवालय बैठक शुरु भएको हो ।

नेकपाको सचिवालय बैठक यसअघि प्रायः प्रधानमन्त्री निवास र धुम्बाराहीस्थित पार्टी कार्यालयमा बस्दै आएको थियो । पार्टीले पेरिसडाँडाको कार्यालय जनवर्गीय संगठनको कार्यालय सञ्चालनका लागि उपयोग गर्ने निर्णय गरेका कारण धेरैजसो गतिबिधि धुम्बाराहीस्थित कार्यालयबाट हुँदै आएको थियो ।

यसअघि सचिवालयको बैठक असोज २ गते बस्नेगरी बोलाइएको भए पनि अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डको सहमतिमा आजका लागि बोलाइएको हो । आजको बैठकमा पार्टी र सरकारका कामका बारेमा छलफल हुने बताइएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनको विषय एकपक्षले निरन्तर रूपमा प्रचार गराएपछि त्यस विषयमा पनि केही छलफल हुन सक्ने बताइएको छ । प्रधानमन्त्री ओली मन्त्रिहरू हटाउने पक्षमा छैनन भने प्रचण्ड लगायका केही नेता अन्यलाइ पनि भाग पुर्याउनुपर्ने पक्षमा लबिङ गरिरहेका छन ।

जनताले स्थिरताका लागि मत दिएको भए पनि भागवण्डाको नाममा नेताहरूले मन्त्री हेरफेरका लागि निरन्तर दबाब दिइरहेका छन । आजको बैठकमा संवैधानिक आयोगहरूमा रिक्त रहेको पदमा नियुक्तिको विषयमा केही छलफल हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आईतवार १२:५९